Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेटपूर्व विज्ञसँग छलफल गर्दै कांग्रेस संसदीय दल

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– नेपाली काँग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफलका लागि बैठक बसेको हो ।

 बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको हो । देशको आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरुलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायत सांसदहरुको उपस्थिति रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्