तनहुँ १ मा झण्डै २० हजार मत गणना, वाग्लेको अग्रता कायमै
काठमाडौँ– तनहुँ १ मा झण्डै २० हजार मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले भारी अग्रता कायमै राखेका छन् ।
१९ हजार २५९ मत गणना हुँदा वाग्लेले ५ हजार ३३६ मत ल्याएका छन् ।
यस्तै, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ मत ल्याएका छन् ।
नेकपा (एमाले)का सर्वेन्द्र खनालले ३ हजार २९१ मत पाएका छन् ।
वाग्लेले भट्टराईमाथि झण्डै दोब्बर मतको अग्रता लिएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० ११:२९
प्रतिक्रिया दिनुहोस्