Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन २ को मतगणना १ बजेदेखि

सोमबार, वैशाख ११, २०८०

चितवन– चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकमा सहमति भएसँगै १ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितना २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्