नेभिगेशन
खेलकुद

साउदी अरेबियाविरुद्धको खेल रद्द भए पनि नेपाल सेमिफाइनलमा 

काठमाडौँ– साउदी अरेबियाविरुद्धको खेल रद्द भए पनि आयोजक नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज बिहान ९ बजे सुरु हुनुपर्ने खेल पानी परेका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस परिणामले नेपाललाई सेमिफाइनलमा पुर्याएको हो ।

नेपाल र साउदी अरेबियाबीचको खेल मुलपानीमा हुने तय भएकमो थियो । यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुने तय थियो । दुवै खेल रद्द भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद