तनहुँ १ मा भट्टराईमाथि वाग्लेको ५ हजारभन्दा बढी मतको अग्रता
काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले ५ हजारभन्दा बढी मतको अग्रता लिएका छन् ।
वाग्लेले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईमाथि ५ हजार ५९ मतको अग्रता लिएका हुन् ।
वाग्लेले १२ हजार ७०५ तथा भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् ।
नेकपा (एमाले)का सर्वेन्द्र खनालले ४ हजार २१९ मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १३:०७
प्रतिक्रिया दिनुहोस्