नेभिगेशन
अटोमोबाइल्स

उपासना र प्रियंका अब ’फ्रुटी’ र ’एप्पी फिज’का ब्रान्ड एम्बेसेडर

काठमाडौँ– भारतीय पेय पदार्थ कम्पनी ’पार्ले एग्रो’ले तीन वर्षपछि नेपाली बजारमा ’फ्रुटी’ पुनः प्रस्तुत गरेको छ ।

नेपाली विज्ञापनको क्षेत्रमा क्लिन–फिडको नियम लागूपछि पार्ले एग्रोले नेपालमै पहिलोपटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ।

अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएकी छन्। 

फ्रुटी १२५ मिली तथा २०० मिलीको कार्टन प्याक तथा १५० मिलि, २५० मिली र ५०० मिलीको पेट बोटलमा उपलब्ध छ ।

पार्ले एग्रोले स्याउको कार्बोनेटेड पेय ’एप्पी फिज’ पनि बजारमा प्रस्तुत गरेको छ । एप्पी फिजका लागि अभिनेत्री प्रियंका कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छन् ।

एप्पी फिज १६० मिली, २५० मिली तथा ५०० मिलीको पेट बोटलमा उपलब्ध छ ।

नेपालमा पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज वितरण गरिरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स