Nic Ad Nic Ad
Nic Ad Nic Ad

सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच १० प्रतिशतसम्म छुट सम्झौता

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– सनराइज बैंकका ग्राहकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैकले ग्राहकलाई थप सुविधा दिन इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब सनराइज बैंकका सबै ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचार गराउँदा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन् ।

योसँगै सनराइजका बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्च लगायतमा १० प्रतिशतसम्म छुट पाइनेछ । त्यस्तै सम्पूर्ण मेडिकल ‘अपोइन्टमेन्ट’को समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटल अन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट पाइने बैंकले जनाएको छ ।

Img1682325893.jpeg

यो योजनाले सबै ग्राहकलाई लाभान्वित बनाउने आशा बैंकको छ ।

भारतमा उपचारका लागि जाने आम नेपालीका लागि लक्षित गरेर सनराइजले छुट्टै हेल्थ–केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्चसमेत सनराइज स्वास्थ्य योजनाअन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्