Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन २ मा एमालेका न्यौपानेले लिए सुरुवाती अग्रता

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– चितवन क्षेत्र नं २ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् ।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने छन् ।

न्यौपानेले ३६७, लामिछानेले ३१९ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

आज दिउँसो २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । 

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्