Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा–२ : उपेन्द्र यादवले कटाए ३७ सय मत, रमेश खरेलकाे ७ सय ८

रास्वपा जनमत र एमालेकाे कति ?
सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– बारा क्षेत्र न.– २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले ३ हजार ७ सय ८१ मत कटाएका छन् ।

उपनिर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो परिणामअनुसार अहिले यादवले ३ हजार ७ सय ८१ मत ल्याएका छन् ।

यस्तै, जनमत पार्टीका उम्मेदवार कुशवाहाले २ हजार ९ सय ८१ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ६ सय ४० ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ७ सय ८ मत ल्याएका छन् ।

अपडेट गरिएको : १० बजेर  ३० मिनेटमा

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्