Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन २ मा रवि २९ हजारभन्दा बढी मतले अगाडि

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– उपनिर्वाचनको मतगणनाअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले २९ हजारभन्दा बढी मतको फराकिलो अग्रता बनाएका छन् ।

लामिछानेले दोस्राे स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठमाथि २९ हजार १० मतको फराकिलो अग्रता बनाएका हुन् ।

लामिछानेले ३६ हजार १५८ मत ल्याउँदा श्रेष्ठले ७ हजार १४८ मत मात्र ल्याएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत मात्र ल्याएका छन् ।

चितवन २ मा ७८ हजार २७७ मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रोलिङ्गी रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्