Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा २ मा उपेन्द्रले बनाए ३ हजारभन्दा बढीको अग्रता

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– प्रतिनिधिसभा उपनिर्वाचनको मतगणनाअन्तर्गत बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ३ हजारभन्दा बढी मतको अग्रता कायम राखेका छन् । 

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहमाथि ३ हजार ९९ मतको अग्रता कायम राखेका छन् ।

यादवले ९ हजार ८७० मत ल्याउँदा कुशवाहले ६ हजार ७७१ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ३ हजार ७०० तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्याएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्