Nic Ad Nic Ad
Nic Ad Nic Ad

निकटतम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिइरहेका रविले कटाए ४० हजार मत

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– उपनिर्वाचनको मतगणनाअन्तर्गत चितवन २ मा आफ्ना निकटतम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।

५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठमाथि ३२ हजार ६११ मतको फराकिलो अग्रता बनाएका छन् ।

श्रेष्ठले ७ हजार ४५८ मत मात्र ल्याएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत मात्र ल्याएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले २५४ मत मात्र ल्याएका छन् । 

चितवन २ मा ७८ हजार २७७ मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रोलिङ्गी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्