Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन २ मा रविले लिए झण्डै ३६ हजारभन्दा बढी मतको अग्रता

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– उपनिर्वाचनको मतगणनाअन्तर्गत चितवन २ मा आफ्ना निकटम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिएका रविले ४४ हजार मत कटाएका छन् ।

हालसम्मको गणनाअनुसार लामिछानेले ४४ हजार ४८६ मत प्राप्त गरेका छन् ।

उनले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठमाथि झण्डै ३६ हजारभन्दा बढी अर्थात् ३६ हजार २११ मतको फराकिलो अग्रता बनाएका छन् ।

श्रेष्ठले ८ हजार २७५ मत ल्याएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत ल्याएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले भने २९९ मत मात्र ल्याएका छन् । 

चितवन २ मा ७८ हजार २७७ मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रोलिङ्गी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्