Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा २ मा उपेन्द्रले लिए ४ हजारभन्दा बढीको अग्रता 

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– प्रतिनिधिसभा उपनिर्वाचनको मतगणनाअन्तर्गत बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । 

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहमाथि अग्रता बढाउँदै लगेका हुन् ।

यादवले १२ हजार ११९ मत ल्याउँदा कुशवाहले ७ हजार ६९३ मत पाएका छन् । कुशवाहभन्दा यादव ४ हजार ४२६ मतले अघि छन् । 

यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम न्यौपानेले ४ हजार ३२८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ९४१ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्