नेभिगेशन
समाचार

सरकारलाई दिएको समर्थन कायम नरहने रविको संकेत

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम नरहने संकेत गरेका छन् ।

चितवन–२ को उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा सभापति लामिछानेले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बताउँदै कायम राख्नु पर्ने कारण नभएको बताए ।

साथै, उनले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार