Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन २ मा रविको जित सुनिश्चित

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि भएसँगै जित सुनिश्चित भएको हो ।

आफ्ना निकटम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिएका रविले ४५ हजार मत कटाएका छन् ।

हालसम्मको गणनाअनुसार लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन् ।

उनले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठमाथि झण्डै ३४ हजारभन्दा बढी अर्थात् ३४ हजार १६५ मतको फराकिलो अग्रता बनाएका छन् ।

श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३३० मत ल्याएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले भने ३२० मत मात्र ल्याएका छन् । 

चितवन २ मा ७८ हजार २७७ मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रोलिङ्गी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्