नेभिगेशन
विश्व

सुडानमा युद्धरत पक्ष युद्धविरामका लागि तयार

काठमाडौं –अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुडानका युद्धरत पक्षहरू सोमबार मध्यरातबाट ७२ घण्टाको युद्धविरामका लागि सहमत भएको बताएका छन् ।

यसमहिना चर्किएको युद्धपछि घोषणा गरिएको यो तेस्रो पटकको युद्धविराम हो । तर, यसअघिका घोषणा पनि पालना भने भएको छैन ।

ब्लिन्केनले सेना र अर्धसैनिक  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच ४८ घण्टाको वार्तापछि सम्झौता भएको बताएका छन् । दुवै पक्षले अलगअलग रूपमा युद्धविरामको पालना गरेको बताएका छन् ।

अप्रिल १५ देखि जारी द्वन्द्वमा कम्तिमा चार सयजनाको मृत्यु भइसकेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा भएको हिंसाले यस बाहिरका क्षेत्रका लागि विपत्तिजनक स्थिति निम्त्याउने खतरा रहेको चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन