Nic Ad Nic Ad
Nic Ad Nic Ad

मतपेटिका राखेको कोठाको साँचो बोकेर प्रतिनिधि नै भागेपछि बारा २ मा मतगणना स्थगित

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– बारा २ को मतगणना स्थगित भएको छ । जनमत पार्टीका प्रतिनिधि मतपेटिका राखेको कोठाको साँचो बोकेर भागेपछि मतगणना रोकिएको हो ।

प्रतिनिधि बोलाउन निर्वाचन कार्यालय अगाडि माइकिङ भइरहेको छ । 

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । 

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहमाथि अग्रता बढाउँदै लगेका हुन् ।

यादवले १३ हजार ८०४ मत ल्याउँदा कुशवाहले ९ हजार २३१ मत पाएका छन् । कुशवाहभन्दा यादव ४ हजारभन्दा बढी मतले अघि छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्