Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तिम मतपरिणाम नआउँदै एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं– चितवन–२ को उपनिर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । मतगणना भइरहेको स्थानमा पुगेर नै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले लामिछानेलाई उपनिर्वाचनको अन्तिम मतपरिणाम नआउँदै जितको लागि बधाई दिएका हुन् ।

यस्तै लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पनि नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन् । आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले शुभकामना दिए । 

अहिलेसम्मको मतगणनामा लामिछाने ५० हजार मत प्राप्त गरी जित तर्फ सुनिश्चित छन् । कांग्रेसका श्रेष्ठ दोस्रो स्थानमा छन् ।

‘क्षेत्र २ को विकासमा धेरै काम गर्न बाँकी छ । यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु । प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु,’उनले भने, ‘उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्