नेभिगेशन
समाचार

स्वर्णिमबारे देउवाका ज्योतिषिको प्रतिक्रिया– बृहस्पति भाग्यमा नजिक हुँदैछ 

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तनहुँ १ मा भारी अन्तरले विजयी भएका डा स्वर्णिम वाग्लेको बृहस्पति भाग्यमा नजिक हुँदै गएको बताएका छन् ।

विजयी भएपछि शुभकामना दिँदै आज उनले वाग्ले शनि र राहु भाग्यभन्दा धेरै टाढा रहेको दाबी गरेका छन् । 

‘शनि र राहु भाग्यभन्दा धेरै टाढा ! तर बृहस्पति भाग्यमा नजिक हुँदै ! हार्दिक बधाई छ डा स्वर्णिम वाग्लेज्यू प्रतिनिधिसभाको सदस्यमा भारी मतसहित विजयी हुनुभएकोमा !’ उनले फेसबुकमा लेखेका छन् । 

तनहुँ १ बाट रास्वपाका वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका हुन् । 

swarnim wagle1678257203.png

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र प्राप्त गरे ।

रिजाल पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाका ज्योतिषि हुन् । उनी नेताहरूबारे विभिन्न भविश्यवाणी गरिहन्छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार