Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा २ मा रोकिएको मतगणना पुनः सुरु

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– बारा क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ ।

मतगणनामा बसेका नेकपा (एमाले) र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएकोमा पुनः सुरु भएको हो ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । 

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहमाथि अग्रता बढाउँदै लगेका हुन् ।

यादवले १३ हजार ८०४ मत ल्याउँदा कुशवाहले ९ हजार २३१ मत पाएका छन् । कुशवाहभन्दा यादव ४ हजारभन्दा बढी मतले अघि छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्