Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्लाई दुबईमा कसरी लाग्यो आगो ? चरा ठोक्किएको पुष्टि भएन : विमानस्थल

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएको छ । विमानस्थलले मंगलबार ट्विट गर्दै विमानमा चरा ठोक्किएको पुसष्ट नभएको जनाएको हो ।

एफजेड५७६ विमानमा समस्या देखिएसँगै टीआईएको व्यवस्थापनपक्षलाई आपत्कालीन व्यवस्थापन योजना र प्रक्रियाका लागि सतर्कतामा राखिएको विमानस्थलले जनाएको छ ।

समस्या देखिएको केही समयपछि पाइलटले समस्या सामान्य भएको जानकारी दिएको र गन्तव्यमा नै उडान भर्न जारी राख्ने निर्णय गरेको विमानस्थलले गरेको ट्विटमा उल्लेख छ ।

घटनालगत्तै रनवे र वरपरको क्षेत्रमा कुनै पनि किसिमको प्रदूषण वा चरा ठोक्किएको सम्भावनाका लागि विमानस्थलका कर्मचारीले भौतिक रूपमै निरीक्षण गरेको विमानस्थलले जनाएको छ ।

‘यद्यपि, एफजेड५७६ विमानमा अहिलेसम्म कुनै पनि प्रदूषक वा चरा ठोक्किएको प्रमाण जोडिएको छैन’, विमानस्थलले गरेको ट्विटमा भनिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्