Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविले ल्याए पहिलेभन्दा झण्डै ५ हजार बढी मत

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– चितवन –२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पहिलेभन्दा झण्डै पाँच हजार मत बढाएका छन् ।

गत वर्षको मंसिर ५ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनले ४९ हजार ३०० मत प्राप्त गरेका थिए । अहिले बढाएर ५४ हजार २७६ मत पुर्याएका छन् । अघिल्लो पटकभन्दा ४ हजार ९७६ मत बढेको छ । 

यो पटक लामिछानेका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । 

यसअघि मंसिरमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

चितवन –२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।

नागरिकतासम्बन्धी विवादका कारण सांसद पद गएपछि लामिछानेले उपनिर्वाचन लड्नुपरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्