Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘काँडेतार’ प्रर्दशनमा सरकारले लगायो रोक

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं– सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’लाई सरकारले प्रदर्शनमा रोक लगाएको छ । खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाउँदै सेन्सर सर्टिफिकेट दिएको छैन ।

निर्माता, निर्देशक र नायक नवल खड्काले चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने विश्वास गरे । 

उनले प्रदर्शन गर्न सर्टिफिकेट प्राप्त नभए अदालत जाने चेतावनी पनि दिए ।

नवल खड्काका प्रायः सबै चलचित्रहरु देशभक्तिपूर्ण र परिवर्तनका लागि बनेका छन् । उनले ती चलचित्रहरुको सेन्सरका क्रममा विभिन्न झमेला बेहोर्नु परेको थियो ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे ‘काँडेतार’का निर्माता माकिको राई र अन्जु केसी छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई  छिन् । चलचित्रको सह निर्माता रोमियन लिम्बू, विमला कट्टेल, डा. अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्