Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि र वाग्ले निर्वाचित भएपछि रविन्द्र मिश्रले भने–८ वर्षपछि ठूलो राजनीतिक भूकम्प

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशमा भौगोलिक भूकम्प गएको १२ वर्षपछि ठूलो राजनीतिक भूकम्प गएको टिप्पणी गरेका छन् । साथै, यसको पराकम्पनसमेत गइरहने उनको भनाइ छ । दिगो पुनर्निर्माणका लागि राजनीतिले अर्को कोल्टे फेर्न आवश्यक रहेको पनि उनले बताएका छन् ।

‘२०७२ सालमा आजको दिन गएको भौगोलिक भूकम्पको ८ वर्षपछि देशमा त्यति नै ठूलो राजनीतिक भूकम्प गएको छ । यसका पराकम्पनहरू जारी रहनेछन्’, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘दिगो पुनर्निर्माण (देशको दिर्घकालीन हित) सहज हुने छैन । दिगो पुनर्निर्माणका लागि राजनीतिले अर्को एकपटक कोल्टे फेर्नुपर्छ,’ मिश्रले भनेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित उम्मेदवार स्वर्णिम वाग्ले र रवि लामिछानेलाई ‘यो देश हाम्रै जीवनकालमा रूपान्तरण हुन सकोस्’ भन्दै बधाइ दिएका छन् । 

२०७२ सालमा आजकै दिन ठूलो भूकम्प गएको थियो ।

rabin1682410535.JPG

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्