जनमुखी बजेट ल्याउन कांग्रेसले दियाे अर्थमन्त्रीलाई सुझाव
काठमाडौं –नेपाली कांग्रेसले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सोमबारबाट सुरु भएको संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।
बैठक पछि प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताए । उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
बैठकका सांसदहरूले महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १४:१२
प्रतिक्रिया दिनुहोस्