Nic Ad Nic Ad
Nic Ad Nic Ad

उदयपुरबाट दुर्लभ ध्वाँसे चितुवाको उद्दार 

मंगलबार, वैशाख १२, २०८०

उदयपुर– डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्दार गरेको छ ।

उदयपुरको बेलका नगरपालिका-९ यसोधा खोलामा घाईते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।

बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाईते चितुवालाई चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाईएको डिभिजनल वन अधिकृत डा.ईन्द्र प्रसाद सापकोटाले जानकारी दिए ।

नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसुची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तिन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।

वन कर्मचारीले गस्तिको क्रममा वेलकाको वन क्षेत्रमा घाईते अवस्थामा फेला पारेको चितुवालाई भेटिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु बन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरि थप उपचार र संरक्षणको लागि चितवन पठाईएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्