परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छेन् सोङ्गले भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत सोङ्गले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त अवसरमा राजदूत सोङ्गले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए ।
परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए ।
परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्