Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्त्रिपरिषद् बैठक

फास्ट ट्रयाकका लागि जग्गा प्राप्ति छिटै टुङ्गो लगाउने सरकारको निर्णय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– सरकारले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेका हो । फास्ट ट्रयाक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले फास्ट ट्रयार्क सडक आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र र अब छिट्टै नै जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो ।

त्यस्तै, बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालले जानकारी दिए । 

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धीत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री ज्वालाले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्