Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा २ मा जसपा अध्यक्ष यादव विजयी

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । 

सो क्षेत्रमा ६९ हजार १०७ मत खसेकोमा यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 
उनका निकटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन् । 

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत ल्याएका छन् ।

बारा २ मा ८३० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

यादव यसअघि मंसिर ४ मा भएको निर्वातनमा सप्तरीबाट पराजित भएका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्