Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेंग्लोरमाथि कोलकत्ताको लगातार दोस्रो जित

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं - कोलकत्ता नाईट राईडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिगको ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ।  

बुधबार एम चिन्नास्वामी बैगलुरुमा  सम्पन्न खेलमा कोलकाताले दिएको  २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ७९ रनमात्र बनाउन सक्यो।

राम्रो सुरुआत गरेको कोलकत्ताका लागि दुई ओपनरले पहिलो विकेटका लागि ५६ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंग्लोरका लागि १० औं ओभरमा विजयकुमार बैशाखले २ विकेट लिएसँगै बेंग्लोरले खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, तेस्रो विकेटका लागि नितिश राणा र वेंकटेस अय्यरले ८० रनको सानदार साझेदारी गरेका थिए । कप्तान राणाले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाएका थिए ।

कोलकत्ता लगातार हारको शृंखला तोडेको छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको थियो ।

आजको जित पश्चात कोलकत्ताको आठ खेलमा तीन जित र पाँच हारका साथ सातौं स्थानमा रहेको छ ।

बेंग्लोर आठ खेलमा चार जित र चार हारका साथ अंक तालिकाको पाँचौं स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्