Nic Ad Nic Ad
Nic Ad Nic Ad

कतारविरुद्ध नेपालले चौथो ओभर नसकिँदै २ विकेट गुमायो

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा नेपाललाई सुरुवाती २ झड्का लागेको छ । ओपनर कुशल भुर्तेल र भीम सार्की चौथो ओभर नसकिँदै आउट भएका छन् ।

भीम १२ बलमा ६ रन बनाउँदै आउट भएका छन् । यो बेला नेपालले ३.३ ओभरमा ९ रनमात्र बनाएको थियो ।

यसअघि कुशल ८ बल खेलेर २ बलमा आउट भएका हुन् । नेपालले १.२ ओभरमै पहिलो विकेट गुमाएको हो । यतिबेला नेपालले ३ रनमात्र बनाएको थियो । 

घरेलु टोली नेपालले आज टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हो ।

समूह ए को अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले ओमानसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको छ । उनको ठाउँमा गुलशन झालाई मौका दिएको छ । 
सेमिफाइनलमा पुगिसकेको नेपाल आज कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्न चाहन्छ । तर, सुखद सुरुवात भने हुन सकेको छैन ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजबंशी ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्