Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलराम बने ‘लोकस्टार’

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँनेपाली गायन रियालिटी शो ‘हिमालय 'लोकस्टार' को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् ।

बुधबार  सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी, राजेन्द्र घर्तीमगर र पिएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । 

‘मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिए । यसलाई हामीले सदुपयोग गरेका हौँ,’ उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए । उनले तीन लाख रुपैयाँ नगदसहित पुरस्कार गरे । यस्तै क्षेत्री सेकेण्ड रनर अप अर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्