नेभिगेशन
खेलकुद

कतारविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित पनि आउट

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो ओभर नसकिँदै २ विकेट गुमेपछि सम्हालिएर ब्याटिङ गरेका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । यसअघि आसिफ शेख आउट भएका थिए ।

यसअघि नेपाललाई सुरुवाती २ झड्का लागेको थियो । ओपनर कुशल भुर्तेल र भीम सार्की चौथो ओभर नसकिँदै आउट भएका थिए ।

भीम १२ बलमा ६ रन बनाउँदै आउट भए । यो बेला नेपालले ३.३ ओभरमा ९ रनमात्र बनाएको थियो ।

यसअघि कुशल ८ बल खेलेर २ बलमा आउट भएका हुन् । नेपालले १.२ ओभरमै पहिलो विकेट गुमाएको थियो । यतिबेला नेपालले ३ रनमात्र बनाएको थियो ।

धर्मराएको ब्याटिङ आरिफ र कप्तान रोहित ले सम्हाल्ने प्रयास गरेका थिए । यसबीचमा नेपालले ५० रन पनि कटाएको थियो ।

१२.४ ओभरमा ५७ रन बनाउँदा आसिफ आउट भएका थिए । अहिले राेहित पनि आउट भएका छन् ।

उनी ३६ बलमा २७ रन बनाउँदै आउट भएका हुन् । सो बेला नेपालले १५.३ ओभरमा ६२ रन बनाएको थियो ।

अहिले सोमपाल कामी र कुशल मल्ल क्रिजमा छन् ।

घरेलु टोली नेपालले आज टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हो ।

समूह ए को अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले ओमानसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको छ । उनको ठाउँमा गुलशन झालाई मौका दिएको छ । 

सेमिफाइनलमा पुगिसकेको नेपाल आज कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्न चाहन्छ । तर, सुखद सुरुवात भने हुन सकेको छैन ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजबंशी ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद