नेपालले दियो कतारलाई १५८ रनको सामान्य लक्ष्य
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत तुलनात्मक कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेसँगै १५८ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपालले ४०.३ ओभरमै सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो ।
नेपाललाई सुरुवाती २ झड्का लागेको थियो । ओपनर कुशल भुर्तेल र भीम सार्की चौथो ओभर नसकिँदै आउट भएका थिए ।
यो बेला नेपालले ३.३ ओभरमा मात्र ९ रन बनाएको थियो ।
धर्मराएको ब्याटिङ आरिफ शेख र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरेका थिए । यसबीचमा नेपालले ५० रन पनि कटाएको थियो ।
१२.४ ओभरमा ५७ रन बनाउँदा आसिफ आउट भएका थिए । पछि रोहित पनि आउट भए ।
उनी ३६ बलमा २७ रन बनाउँदै आउट भएका हुन् । सो बेला नेपालले १५.३ ओभरमा ६२ रन बनाएको थियो । आसिफले १९ रन बनाए ।
त्यसपछि पनि नेपालका ब्याटर टिक्न सकेनन् । दीपेन्द्रसिंह ऐरी १२ तथा सोमपाल कामी र आरिफ शेख ११–११ रनमा आउट भए ।
गुल्शन झा ७, भीमले ६ तथा कुशल मल्लले २ रन बनाए ।
नेपालले ४०.३ ओभरमा १११ रन बनाएर ९ विकेट गएको अवस्थामा सन्दीप लामिछानेले इनिङ्स सम्होलेका थिए । तर, ललित राजबंशीको विकेट जाँदा नेपालले १० औँ विकेट गुमायो ।
सन्दीप ४२ रनमा अविजित रहे । ललितले १ रन बनाए ।
केहीबरेपछि कतारले ब्याटिङ गर्नेछ ।