सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिँदा कतारले आठौँ विकेट गुमायो
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले आठौँ सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिँदा कतारले आठौँ विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामीले ३ तथा ललित राजबंशीले २ विकेट लिएका हुन् ।
२१.२ औँ ओभरमा कतारले आठौँ विकेट गुमाउँदै ७८ रन बनाएको छ ।
तुलनात्मक कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेसँगै १५८ रनको सामान्य लक्ष्य दिएको छ । तर कतार पनि खराब अवस्थामा पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १४:५३
प्रतिक्रिया दिनुहोस्