Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपले लिए व्यक्तिगत चौथो विकेट

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले आठौँ सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिँदा कतारले नवौँ विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामीले ३ तथा ललित राजबंशीले २ विकेट लिएका हुन् ।

२३.४ औँ ओभरमा कतारले आठौँ विकेट गुमाउँदै ८२ रन बनाएको छ ।

तुलनात्मक कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेसँगै १५८ रनको सामान्य लक्ष्य दिएको छ । तर कतार पनि खराब अवस्थामा पुगेको छ । 

नेपाल भने जितनजिक पुगेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्