Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा थोरै घटे कोरोनाका बिरामी

शुक्रबार, वैशाख १५, २०८०

नयाँ दिल्ली– अघिल्ला दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा बिहीबार कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियोभने आज नौ हजार ३५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ ।

यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए । 

हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०५:४१
प्रतिक्रिया दिनुहोस्