Nic Ad Nic Ad
Nic Ad Nic Ad
आइपिएल :

चेन्नाईलाई हराउँदै राजस्थान फेरि शीर्ष स्थानमा

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– चेन्नाई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदानमा ४ पटकको विजेता चेन्नाईलाई ३२ रनले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

यो जितपछि १ पटकको विजेता राजस्थानको १० अंक भएको छ । गुजरात टाइटन्स र चेन्नाईको पनि समान १० अंक छ । तर रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि २०३ रन पछ्याएको चेन्नाईले ६ विकेटमा १७० रन मात्र बनाउन सक्यो । शिवम दुबेले त्यसमा सर्वाधिक ५२ रन बनाए । राजस्थानका एडम जाम्पाले २२ रन दिएर तीन विकेट लिए ।

त्यसअघि ओपनर यशश्वी जैसवालको ७७ रनको मदतले राजस्थानले पाँच विकेटमा २ सय २ रन बनाएको थियो । 

‘प्लेयर अफ द म्याच’ यशश्वीले ४३ बलको सामना गरेर आठ चौका तथा चार छक्का प्रहार गरेका थिए । 

आइपिएलमा १० टोलीको सहभागिता छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्