नेभिगेशन
समाज विविध

काम्य कर्म गर्न आजदेखि मुहुर्त– ज्योतिषि रिजाल

काठमाडौँ– ज्याेतिषि सुरेशचन्द्र रिजालले आजदेखि काम्य कर्म गर्न मुहुर्त खुलेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

ज्योतिषि रिजालले आजदेखि आज बिहान ३ बजेर ४२ मिनेटमा पूर्वबाट देबगुरू बृहस्पति मेष राशिमा उदय भएको दाबी गर्दै यससँगै विवाह, व्रतबन्ध लगायतका काम्य कर्म गर्न मुहुर्त खुलेको दाबी गरेका छन् ।  

‘वैशाख १५ गते शुक्रबार बिहान ३ बजेर ४२ मिनेटमा पूर्वबाट देबगुरु बृहस्पति मेष राशिमा उदय भएको छ । देवगुरू बृहस्पतिको उदय भएसँगै ्विवाह, व्रतबन्ध लगायतका ठूला विशेष यज्ञ अनुष्ठान आदि काम्य कर्म गर्न मुहुर्त खुलेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि मंसिर ६ मा उदय भएको शुक्र वैशाख १८ मा मात्रै अस्त हुने भन्दै यो बीचमा शुभकार्य नगर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।  

रिजाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषिका रूपमा चिनिएका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध