Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवाका ज्योतिषिले नै भने– गठबन्धन दलले असोज ३० सम्म अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषिका रूपमा चिनिएका सुरेशचन्द्र रिजालले सत्ता गठबन्धनमा आबद्ध दलले असोज ३० सम्म अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने दाबी गरेका छन् ।

साथै, उनले देशको आर्थिक अवस्था पनि झनै नराम्रोसँग बिग्रने दाबी गरेका छन् ।

उनका अनुसार मेष राशिमा उदय हुने देवगुरू बृहस्पतिको सकारात्मकभन्दा नकारात्मक फल राहुसँग गुरुचान्डाल योग तथा शनिको बक्र (तृतीय दृष्टि )का कारण नकारात्मक परिणाम दिने संकेत देखिएको हो । 

‘देशको आर्थिक अवस्था अझै नराम्रोसँग बिग्रने हुँदा विशेष सावधानी अपनाउँदै अनावश्यक खर्च नगर्दा नै शुभ रहने छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनमा बाँधिएका दलहरूलाई आगामी असोज ३० गतेसम्म निक्कै अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग निर्माण भएको छ ।’

सत्ता गठबन्धनमा देउवा नेत्तृत्वको कांग्रेससहित नेकपा (माओवादी केन्द्र)लगायत १० दल आबद्ध छन् ।

रिजालले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको पनि ज्योतिष हेर्ने गरेको दाबी गर्ने गरेका छन् ।

उनी बेला–बेला राजनीतिक भविश्वाणी गरिहन्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्