नेभिगेशन
विश्व

पुटिन र एर्दोगानबीच टेलिफोन वार्ता

अङ्कारा– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसले बनाएको आफ्नो देशको पहिलो आणविक ऊर्जा रियाक्टरको उद्घाटन समारोहअघि बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् ।

टेलिफोन वार्तामा टर्की–रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको एर्दोगनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टर्कीका राष्ट्रपतिले अकुयु आणविक ऊर्जा प्लान्टमा पुटिनको योगदानको लागि धन्यवाद दिएका छन् ।  दुई नेताहरूले रुस–युक्रेन द्वन्द्व र अन्न सम्झौताको  बारेमा थप छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै एर्डोगान र पुटिनले ‘नयाँ प्रस्तावित कार्य समूह मार्फत काम गर्न सकिने पहल’बारे  पनि थप छलफल गरेको बताइएको छ । उनीहरूले सिरियाको घटनाक्रमबारे पनि छलफल गरेको एर्दोगानको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन