माइतीघर पुगेर महावीरको माग– सूचना प्रविधि विधेयक पारित गर
काठमाडौँ– राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले माइतीघर पुगेर सुचना प्रविधि विधेयक पारित गर्न माग गरेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गर्दै आज उनले सूचना प्रविधि विधेयक खारेजसँगै विभिन्न माग राखेका हुन् ।
धर्नाका क्रममा उनको समूहले माइतीघरस्थित बानेश्वर जाने सर्भिसलेनलाइ बन्द गरेको छ ।
पुनसहित धर्नामा बसेकाहरूले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे’, ’अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’, ’नवउद्यमीहरुलाइ हतोत्साही नगर’जस्ता प्लेकार्ड बोकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १०:४७
प्रतिक्रिया दिनुहोस्