Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस नेपालका प्रतियोगीहरूले गरे बनेपास्थित डाबर नेपाल नर्सरीको भ्रमण

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिस्पर्धामा रहेका २४ प्रतियोगीले काभ्रेपलाञ्चोकको बनेपास्थित डाबर नेपाल नर्सरीको अवलोकन भ्रमण गरेका छन् । 

भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समस्या एवम् उक्त समस्या सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारेमा जानकारी लिएको डाबर नेपालले जनाएको छ ।

सहभागीहरुले विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका थिए । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएको र यी जडिबुटी डाबरका विभित्र उत्पादनमा पनि प्रयोग गर्दै आएको छ ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरुलाई परिचय गराउन पाएकोमा खुसी लागेको बताए । 

डाबरले आयुर्वेदको क्षेत्रमा एक शताब्दीभन्दा बढी काम गरिसकेको र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएकोबारे सहभागीहरूलाई गोर्खालीले जानकारी गराएका थिए ।

‘आजका युवाहरू भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुने छन् भन्ने हामीलाई विशवास छ,’ उनले भने ।

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै सोको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए ।

राणाका अनुसार डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ । जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ५० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरूको जीविकोपार्जनलाई वैकल्पिक स्रोतको रूपान्तरण दिएको छ ।

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुषण उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । 

डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरीस्थित सनराइज अडिटोरियममा आयोजना हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्