Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा नयाँ कार्यसमिति चयन

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– नेपाल र इटालीबीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसिआई)ले नयाँ कार्यसमिति चयन गरेको छ ।

एनआइसिसिआईले यही वैशाख १३ गते अध्यक्ष सञ्जय अग्रवालको संयोजकत्वमा नयाँ कार्यसमितिको बैठक सम्पन्न गर्दै नयाँ समिति चयन गरेको हो ।

उक्त कार्यसमितिको बैठकले चेम्बरको उपाध्यक्षमा रुपक राजवंशीलाई चयन गरेको छ ।

बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चारवटा समसामयिक समिति पनि गठन गरेको छ । उद्योग तथा लगानी प्रवर्द्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवद्र्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा सुभाषविक्रम शाह निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिले नेपाल र इटालीबीचको विद्यमान व्यापार, पर्यटन, सूचना प्रविधि र व्यापारलाई थप विस्तार गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ ।

एनआइसिसिआई इटालीसँग व्यापार सम्बन्ध राख्ने नेपाली व्यवसायी तथा उद्योगीहरुको द्विराष्ट्रिय संस्था भएकाले र नेपालसँग व्यापार गर्ने इटालियन व्यवसायीहरूको संगठन भएकोले एनआइसिसिआईको मुख्य उद्देश्य इटालियन संयुक्त लगानी नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्नु भएको एनआइसिसिआईले जनाएको छ ।

नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको एनआइसिसिआईले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्