अर्थमन्त्रीसँग जर्मनीका राजदूतले गरे भेट
काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेट गरेका छन् ।
शुक्रबार भएको भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ ऊर्जा, प्रसारणलाइन बनाउने लगायतका क्षेत्रमा सहयोग गर्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न पनि राजदूत प्रिन्जले रुचि देखाएको सचिवालयको भनाइ छ ।
भेटमा अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्र्याउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० २०:३६
प्रतिक्रिया दिनुहोस्