Nic Ad Nic Ad
Nic Ad Nic Ad

चट्याङ लागेर पश्चिम बङ्गालमा १५ जनाको मृत्यु

शनिबार, वैशाख १६, २०८०

नयाँ दिल्ली– मेघगर्जन र चट्याङसँगै भारतको पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर  घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०५:३८
प्रतिक्रिया दिनुहोस्