Nic Ad Nic Ad
Nic Ad Nic Ad

११ वर्षीया बालिकाद्वारा हैदराबादमा ३ वटा बाल पुस्तकालय स्थापना

शनिबार, वैशाख १६, २०८०

हैदराबाद– एघार वर्षीया बालिका आकर्षणा सतिसले भारतको हैदराबादमा तीनवटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । 

एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् । 

गत बुधबारदेखि ती पुस्तकालय सञ्चालनमा आएका छन् । प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयको उद्घाटन भएको छ । 

कोरोना भाइरस महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक सङ्कलन गरेको आकर्षणाले बताएकी छन् । उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन्भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन् । 

आफ्ना पिताजीको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन् । खाजाखर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन् । 

पुस्तकालय नभएका स्थानमा पुस्तक दान गरेर पुस्तकालय स्थापना गरेकी आकर्षणाप्रति भारतीय प्रहरी सेवाकी शिखा गोले आभार व्यक्त गरेकी छन् । कन्या बाल सुधारगृहमा पुस्तकालयको उद्घाटनपछि उनले भनिन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्