नेभिगेशन
समाज विविध

पहाडी भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

गण्डकी र सुदूरपश्चिम  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा