Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकियाे

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ - एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो ।

जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

खेल रद्द भएपनि नेपाल फाइनल पुग्ने ? 

यदि आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले, समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

तर, नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै जति रनको लक्ष्य दिएपनि दोस्रो इनिङ हुन सकेन तर खेलको निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा मैदान खेल्न योग्य भयो भने सुपर ओरमा नतिजा लिइने छ।

पहिलो सुपर ओभर टाई भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभर टाई भएको खण्डमा नेपाल समूह विजेता को हैसियतले फाइनल पुग्नेछ ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्